You are here
Home > प्रशासन > नेपाल प्रहरीका तीन डिआईजी एआईजी बढुवाकालागी सिफारिस सुचीसहित

नेपाल प्रहरीका तीन डिआईजी एआईजी बढुवाकालागी सिफारिस सुचीसहित

२६ भाद्र २०७५, मंगलवार २३:०२

काठमाडौ -नेपाल प्रहरीका तीन जना डिआईजीहरुलाई आईजी बढुवाकालागी सिफारिस गरेको छ । मंगलबार राती गृहमन्त्रालयमा बसेको बढुवासमितिको वैठकले डिआईजीहरु पुस्कर कार्की, ठूले राई र धिरु वस्नेतलाई एआईजी बढुवाकालागी सिफारिस गरेकोहो । एआईजी बढुवाकालागी डिआईजीद्धय मनोज नेउपाने र सुरेशविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।

नेउपाने र शाहसंगै पछिल्लो ब्जाचमा बढुवा भएका १३ डीआईजीहरु पनि एआईजी बढुवाका आकांक्षी थिए । डीआईजीहरु केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी पनि एआईजीको दाबेदारको रुपमा देखिएका थिए। उनीहरु सबैजना प्रहरी महानिरीक्षक (आइजी) सर्बेन्द्र खनालसँगै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

एआइजीको प्रतिस्पर्धामा रहेमध्येका नेउपाने, कार्की, राई, शाह र बस्न्यात २०७४ साउन ३२ मा डीआइजीमा बढुवा भएका थिए भने अन्य १३ जना २०७५ जेठ ३ मा डीआइजीमा बढुवा भएका थिए । तत्कालिन एसएसपीहरु मध्येका केदार रिजाल, दिपककुमार थापा र पिताम्बर अधिकारी बरियतामा अगाडी र कार्यसम्पादन मुल्याङ्कनमा अब्बल हुँदाहुँदै तत्कालिन प्रहरी महानिरीक्षक (आइजी) प्रकाश अर्यालले अन्यायपूर्वक बढुवामा छुटाएका थिए । रिजाल, थापा र अधिकारी नेपाल प्रहरीमा ब्याबसायिक र स्मार्ट अधिकृतको छवी बनाउन सफल छन् । हाल १ नम्बर प्रदेश प्रहरी प्रमुख रहेका डीआइजी रिजाललाई एआइजी बनाउन प्रधानमन्त्री ओलीले अग्रसरता देखाएका थिए ।

  • 37
    Shares