You are here
Home > समाचार > प्रधानसेनापति थापाले किन रोजे पहिलो निरीक्षण भ्रमणकालागी धनकुटा

प्रधानसेनापति थापाले किन रोजे पहिलो निरीक्षण भ्रमणकालागी धनकुटा

२७ भाद्र २०७५, बुधबार ००:०२

काठमाडौं– प्रधानसेनापतिमा नियुक्त भएपछि महारथी पूर्णचन्द्र थापा धनकुटा पुगेका छन्। उनले मंगलबार नम्बर २ बाहिनी अड्डा र बरख गणको निरीक्षण भ्रमण गरेका छन ।

नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएपछि प्रधानसेनापति थापाको राजधानी वाहीरको यो नै पहिलो निरीक्षण भ्रमण हो ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले बाहिनी तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए।

मंगलबार पूर्वी पृतना हेडक्वार्टर इटहरीमा रहेका उनले बुधबार अन्य युनिटहरुको निरीक्षण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

  • 8
    Shares