You are here
Home > समाचार > एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

२७ भाद्र २०७५, बुधबार ०८:०८

नवलपरासी –पूर्वी नवलपरासी जिल्लाको बिजयत्रिवेणी नगरपालिका ७ स्थित ब्यारेज पुलबाट एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको देवचुली नगरपालिका ६ बस्ने सुदिप बि।क। र आकाश राना रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट १८ वटा र स्पास्मो ७२ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले आवश्यक कारवाहीको लागि बरामद लागूऔषधसहित स्थानीय प्रहरीमा बुझाएको छ।

  • 11
    Shares