You are here
Home > प्रशासन > प्रहरी प्रधान कार्यालयले चार महिनामा के गर्यो? यस्तो छ चौमासिक रिपार्ट

प्रहरी प्रधान कार्यालयले चार महिनामा के गर्यो? यस्तो छ चौमासिक रिपार्ट

२७ भाद्र २०७५, बुधबार ०८:३९

काठमाडौं- चार महिनाको अवधीमा नेपाल प्रहरी प्रधान कार्यालयले २४ हजार ६ सय १३ जनालाई सरुवा गरेको छ। सोही अवधीमा विविध कारणले रोकिएको प्रहरी कर्मचारीको वृति विकास अन्तर्गत विभिन्न दर्जामा २ हजार १ सय ८१ जना प्रहरी जवानदेखि उच्च अधिकृतसम्मलाई बढुवा गरेको छ भने १ हजार ३ सय ५३ जना प्रहरीलाई पुरस्कृत गरेको छ भने ४ सय ९५ जनालाई कारवाही गरेको प्रधान कार्यालयले जनाएको छ।

नियमित कारवाही
जनताको शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी ( विप्लव ) र सिके राउत समूहका १ सय ५८ जना पक्राउ गरेको छ। जसबाट ३८ करोड ९७ लाख ११ हजार ५ सय राजस्व संकलन भएको छ। त्यसैगरी ६ लाख ११ हजार ३ सय ६ ट्राफिक कारवाही गरिएको उल्लेख छ । ११ करोड ९५ लाख ५२ हजार ६ सय ६० मूल्य सामान भन्सार चोरी निकासी गरेको अवस्थामा बरामद गरिएको छ।

अपराध अनुसन्धान कस्तो रहयो
प्रहरीको लागुऔषध विरुद्धको अभियान अन्तर्गत देशभर गाँजा १ हजार ९ सय १९ किलो ५ सय ४९ ग्राम, चरेश ३ सय ४० किलो ४४ ग्राम, हिरोइन १ किलो ९०० ग्राम, अफिन ११ किलो ९१३ ग्राम बरामद गरेको छ। विभिन्न अन्य अपराधमा संलग्न १२ हजार ३ सय १ जना अभियुक्तलाई पक्राउ गरि कानूनी कारवाहीका लागि जेल पठाएको प्रधान कार्यालयले बताएको छ। प्रहरीले सोही अवधीमा विभिन्न प्रकारका अबैध हतियारहरु १०३ थान, गोली १६९ थान बरामद गर्नुका साथै १४ जना अभियुक्त विरुद्ध रेड नोसटिस र तीन जना अभियुक्त विरुद्ध डिफ्युजन नोटिस र १\१ जना विरुद्ध अन्य नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी इकाईको स्थापना
प्रहरीले कार्यालय विस्तार गर्ने क्रममा दरबन्दी – प्रहरी कार्यालयहरु नभएका ३० स्थानमा प्रहरी इकाईहरुको स्थापना गरेको गरि सम्पूर्ण प्रहरी कार्यालयहरु स्थापना गरिएका छन्। सो निकायमा कुल दरबन्दी १ हजार ६५ रहेको छ । त्यस्तै ७ वटा संघीय प्रहरी इकाई कार्यालयको स्थापना गरिएको छ । साइबर ब्यूरोका लागि ६८ तथा मानव बेचबिखन नियन्त्रण ब्यूरोका लागि ५८ दरबन्दी निकासा गरिएको छ । ३ हजार १ सय १ मानवस्रोत अन्तर्गत दरबन्दी थप गरिएको र १ हजार ४ सय ४६ दरबन्दी समायोजन जनाइएको छ।

प्रबन्ध व्यवस्थापन
प्रहरीले सार्वजनिक खरिद दु्रत प्रक्रिया अपनाई प्रहरीका लागि आवश्यक २ करोड बराबरका सुरक्षा सामाग्रीहरु खरिद गरिएको जनाएको छ। मानव अधिकारको संरक्षण तथा प्रहरी कार्यमा सहजताका लागि ७ वटा अत्याधुनिक वाटर क्यानन गाडी (झण्डै ३३ करोड मूल्य बराबरं खरिदको अन्तिम चरणमा रहेको छ।

९१ वटा प्रहरी कार्यालयमा पेपरलेस तथा प्रविधिमैत्री कार्यालयको रुपमा विकास गरिएको छ । बारम्वार विवादमा आउने बेरुजु फर्छौट ८५.१४ पुर्याइएको दावी प्रहरीको रहेको छ।

प्रहरी प्रधान कार्यालय सूचना व्यबस्थापन तथा बिश्लेषणका लागि आधुनिक तथा रेब्यष्ट नेसनल क्राइम इन्फरमेसन सिस्टम स्थापना गरेको छ। अपराध अनुसन्धान प्रक्रियालाई त्रुटिरहित बनाउन प्रभावकारी हुने प्रहरी अपेक्षा गरेको छ। गरिएको छ। शान्ति सुरक्षा व्यवस्थापनमा पब्लिकसँगको सहकार्य प्रभावकारी बनाइने जनाएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४, मुकुकी फौजदारीकार्यविधि (संहित) ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ लाई कार्यान्वयन गर्नका लागि २४ हजार भन्दा बढी प्रहरी कर्मचारीहरुको क्षमता अभिबृद्धि तथा प्रशिक्षित गरिएको प्रधान कार्यालयले जनाएको छ।

  • 31
    Shares