You are here
Home > समाचार > व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्दाम हुसेन पक्राउ

व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्दाम हुसेन पक्राउ

२७ भाद्र २०७५, बुधबार १०:११

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सद्दाम हुसेनलाई पक्राउ गरेको छ।

सद्दामलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धाननका लागि थुनामा राखेको छ । सद्दामले आफै पौडेललाई पैसा लिन आउन भनी सोमबार बेलुका गौरीगन्ज बोलाएका थिए ।

मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरी हत्या भएको थियो । पक्राउ परेका सद्दामले प्रहरी समक्ष आफुले पौडेलको हत्या गरेको स्वीकार गरेका छन्।

झापाको गौरीगञ्ज गाउपालिका ६ को जुन स्थानमा मंगलबार व्यवसायी खेमराज पौडेलको हत्या भएको थियो सोही स्थानलाई अपराधीहरुले आपराधिक कर्मका लागि सुरक्षित स्थान ठानेका छन् ।

घटना भएकै स्थानको ५० मिटर उत्तरपट्टि आजभन्दा ४ बर्ष अघि झापाको तत्कालिन जुरोपानी गाविस वडा नम्बर ५ निवासी भाइकाजी अधिकारीको समेत हत्या गरेर फालिएको अवस्थामा शब फेला परेको थियो ।

  • 4
    Shares