You are here
Home > प्रशासन > डिएसपीबिरुद्ध विशेष अदालतमा मुद्धा

डिएसपीबिरुद्ध विशेष अदालतमा मुद्धा

२७ भाद्र २०७५, बुधबार १८:३०

काठमाडौं-अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका निरीक्षक बल्लभ बहादुर सिंहले आफ्नो नागरिकताको प्रमाणपत्रमा जन्म मिति सच्याई उमेर ढाँटेर डेढ बर्ष अघि नै अवकास पाउनुपर्नेमा सेवामा बढी समयसम्म बहाल रही डिएसपीमा बढुवा भएको  भन्दै विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।

अख्तिायारले सिंहलाई आवश्यक कारवाही गर्नका लागि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। उनले जिल्ला प्रशासन कार्यालय बझाङबाट जारी भएको नागरिकताको प्रमाणपत्रमा १८ वर्षलाई फरक सच्याई १६ बर्ष उमेरर बनाएर नागरिकताको प्रमाणपत्र लिएर प्रहरी नायब उपरीक्षक पदमा बढुवा समेत भएको आरोप पत्रमा उल्लेख गरेको छ।

                                                                         प्रेस विज्ञप्ति

                                                                                                                                          मिति २०७५।०५।२७ गते

                                              आरोप-पत्र दायर गरिएको

नेपाल प्रहरीका प्रहरी निरीक्षक बल्लभबहादुर सिंहले आफ्नो नागरिकताको प्रमाणपत्रमा जन्म मिति सच्याइ उमेर ढाँटेर डेढ बर्षअघि नै अवकास पाउनु पर्नेमा प्रहरी सेवामा बढी समयावधीसम्म बहाल रही डिएसपीमा बढुवा समेत भएकाले आवश्यक कारवाही गरी पाउँ भन्ने समेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजले जिल्ला प्रशासन कार्यालय बझाङबाट जारी भएको नागरिकताको प्रमाणपत्रमा उल्लिखित उमेर १८ बर्षलाई फरक पारी सच्याइ मिति २०३७/०१/३१ मा १६ वर्ष उमेर पुगेको बनाइ उक्त नागरिकताको प्रमाणपत्र ग्रहण गरी प्रहरी नायब उपरीक्षक पदमा बढुवा समेत भइ अबकास हुने समयभन्दा बढी अवधिसम्म बहाल रही साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा(२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिइ मिति २०७५।०५।२६ गते विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

रामेश्‍वर दंगाल

सह-सचिव एवं प्रवक्ता

 

 

  • 17
    Shares