You are here
Home > खेलकुद > नेपालको उपाधि सम्भावना समाप्त,मालदिभ्ससँग ३–० गोलले पराजित

नेपालको उपाधि सम्भावना समाप्त,मालदिभ्ससँग ३–० गोलले पराजित

२७ भाद्र २०७५, बुधबार १८:५०

काठमाडौं-दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप जित्ने नेपालको सम्भावना सकिएको छ।

बुधबार भएको पहिलो सेमिफाइनलमा माल्दिभ्ससंग ३–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

बंगबन्धु रंगशालामा बर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वभाविक प्रर्दशन गर्न नसक्दा इतिहास रच्ने पालो गुमाउनु पर्यो ।

मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका कप्तान एक्रम अब्दुल घानीले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको हो ।

पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा नि गोल गर्न सकेनन । गोलरक्षकले बल फुत्काएपछि बनेको अवसरमा भरतले गोल लाइन नजिकैबाट प्रहार गरेपनि फ्रेमभित्र परेन ।

त्यस्तै खेलको ८४ औं मिनेटमा मालदिभ्सका खेलाडी इब्राहम हवाद हसानले ८४ औं मिनेटमा दोस्रो गोल गरेका थिए । इब्राहमले २ मिनेटमा अर्को गोल गर्दै मालदिभ्सलाई जितको सुनिश्चित गरे ।

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्न सकेको छैन । मालदिभ्स भने एकपटकको विजेता, तीनपटकको उपविजेता र पाँचपटकको सेमिफाइनलिस्ट हो ।

  • 4
    Shares