You are here
Home > समाचार > घुससहित महोत्तरीका सई पक्राउ

घुससहित महोत्तरीका सई पक्राउ

२७ भाद्र २०७५, बुधबार १९:०८

महोत्तरी-महोत्तरीमा प्रहरी कार्यालयमै घुससहित प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित क्षेत्रीय कार्यालयले पाँच हजार घुस रकम सहित पक्राउ गरेको हो।

सीमा क्षेत्रबाट आउने मालसमानको लाइन मिलाइदिने भन्दै पैसा लिदै गरेको अवस्थामा सई यादवलाई पक्राउ गरिएको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ ।

  • 13
    Shares