You are here
Home > समाचार > प्रधानसेनापतिद्वारा निरीक्षण

प्रधानसेनापतिद्वारा निरीक्षण

२७ भाद्र २०७५, बुधबार १९:४१

काठमाडौ-प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज सुनसरी जिल्ला इटहरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टर झापा जिल्लास्थित श्री नंं २१ वाहिनी अड्डा र उदयपुर जिल्लास्थित श्री नंं १८ वाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना तथा वाहिनीको वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नाका साथै सकल दर्जालाई सम्बोधन गरेका थियो ।

भ्रमण सम्पन्न गरी महारथी थापा आजै काठमाडौं फिर्ता भएका छन्। निरीक्षण भ्रमणका सिलसिलामा उनी मङ्गलबारे धनकुटा जिल्लाको हिलेस्थित श्री नंं २ वाहिनी अड्डातर्फ प्रस्थान गरेका थियो ।

  • 7
    Shares