You are here
Home > समाचार > सशस्त्र प्रहरीको सक्रियताः दार्चुलाबाट ५१ किलोग्राम अबैध सतुवा सहित दुई जना पक्राउ

सशस्त्र प्रहरीको सक्रियताः दार्चुलाबाट ५१ किलोग्राम अबैध सतुवा सहित दुई जना पक्राउ

२८ भाद्र २०७५, बिहीबार १३:००

कैलाली-दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। बुधबार विहान ५ बजेतिर भारतबाट महाकाली नदिबाट अवैध रुपमा नेपाल तार्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं ५० गुल्म दार्चुलाबाट सशस्त्र प्रहरी नायव निरिक्षक राजेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय नरेन्द्र सिंह धामी र बझाङ्गका ४० वर्षिय हरे बोहरा रहेका छन्। विहानै ५ बजेतिर अवैधरुपमा महाकाली नदि माथी डोरी लगाएर भारतबाट नेपाल तार्दै गरेको अवस्थामा उनिहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

बरामद गरिएको सतुवाको बजार मुल्य ३ लाख ६ हजार रहेको छ । बरामद अवैध सतुवा तथा पक्राउ परेका व्यक्तीलाई अपिनाम्पा सरक्षण क्षेत्र कार्यालयलाई बुझाएको छ।

  • 54
    Shares