You are here
Home > समाचार > चितुवाको छालासहित चारजना जमलबाट पक्राउ

चितुवाको छालासहित चारजना जमलबाट पक्राउ

२८ भाद्र २०७५, बिहीबार १३:२९

काठमाडौं- जमलबाट चितुवाको छालासहित चारजना पक्राउ परको छन्।पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका ५ का सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका ९ का रमेश बोहरा रहेका छन् ।

उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले जमलबाट दुई थान चितुवाको छाला र साढे एक किलो हड्डीसहित पक्राउ गरेको हो। त्यस्तै, प्रहरीले आरुबारीबाटसमेत बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही घर भएका २२ वर्षीय सुजन वाइबा रहेको प्रहरीको भनाइ छ।

  • 15
    Shares