You are here
Home > राजनीति > नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीयः प्रचण्ड

नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीयः प्रचण्ड

२८ भाद्र २०७५, बिहीबार १४:४३

काठमाडौं-पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय रहेको बताएका छन्।

नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न काठमाडौंमा रहेको अफगानी टोलीसँग बिहीबार कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपालले दशक लामो युद्धलाई शान्तिप्रक्रियामार्फत सम्पन्न गरेर विश्वलाई सकरात्मक सन्देश दिएको बताए।

नेपालको शान्ति प्रक्रियाबाट विश्वमा शान्ति स्थापना गर्नका लागि उदाहरणीय भएको बताएका अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेका नीतिका बारेमा छलफल गरेको छ ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताउँदै नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको बताएका थिए।

प्रचण्डले भने, ‘नेपाली जनताको राजनैतिक स्वतन्त्रताको आन्दोलन भएकाले यसमा धेरै ठूलो जनताको सहभागीता भएको थियो। हामीले जनताको अधिकारको निम्ति भएको युद्धलाई नेतृत्व गर्यौँ र धेरै हदसम्म उनीहरूका अधिकार स्थापित गराउन सफल भयौँ।’

भेटमा अफगानिस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफ्गानस्तान शान्तिप्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरू नेपाल भ्रमणमा आएको जानकारी दिइन्।

 

  • 3
    Shares