You are here
Home > प्रशासन > नेपाल-भारत सीमाका विषयमा प्रधानमन्त्री ओलीको कडा निर्देशन

नेपाल-भारत सीमाका विषयमा प्रधानमन्त्री ओलीको कडा निर्देशन

२८ भाद्र २०७५, बिहीबार १५:५५

काठमाडौ-नेपाल र छिमेकी मुलुक भारतको सीमाको बारेमा प्रधानमन्त्री केशी शर्मा ओलीले चासो व्यक्त गरेका छन् । उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै चासो व्यक्त गरेका हुन्। ओलीले नेपालको हितमा हुने गरी नेपाल- भारत सीमा समस्या सामाधानको गर्न निर्देशन समेत दिएका छन् ।

नेपाल–भारत सीमा समस्या समाधानका लागि गठित कार्य दलको बैठकअर्को हप्ता काठमाडौंमा बस्ने भएको छ । सोही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमाको एकीन गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएका हुन् ।

उनले त्यसको लागि दुवै मुलुकका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न पनि नापी विभागसहितका सम्बन्धित निकायलाई भनेका छन् ।

  • 36
    Shares