You are here
Home > राजनीति > फुलपातीमा फर्किने गरेर पुर्व राजा ज्ञानेन्द्र शाह भान्छे र सुसारेसहित विदेश यात्रामा, थाइल्यान्ड, श्रीलंका हुदै भारत पुग्ने

फुलपातीमा फर्किने गरेर पुर्व राजा ज्ञानेन्द्र शाह भान्छे र सुसारेसहित विदेश यात्रामा, थाइल्यान्ड, श्रीलंका हुदै भारत पुग्ने

२९ भाद्र २०७५, शुक्रबार ०७:१०

काठमाडौ –डेढ महिनाअघि मात्रै थाइल्याण्डबाट फर्केका पुर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पुन त्यस तर्फ जाने भएका छन । डेढ महिना अघि मात्रै थाइल्याण्डबाट फर्केका पुर्वराजा ज्ञानेन्द्र यो पटक दुई साता लामो थाइल्यानण्ड बस्ने गरेर थाई एयर नियमित जहाजबाट त्यस तर्फ जान लागेका हुन । निर्मल निवास स्ेतका अनुसार उनि त्यहांबाट श्रीलंका हुदै भारत जाने तयारीमा छन ।

स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । थाइल्यान्डमा ज्ञानेन्द्र, कोमल ,निजी सचिव सागर तिमल्सिना मात्रै जाने कार्यक्रम रहेको छ । पछिल्लो समय थाइल्यान्डलाई ट्रान्जिट प्वाइन्ट बनाई विभिन्न मुलुकको भ्रमण गर्न थाल्नुभएका पुर्वराजा ज्ञानेन्द्र नेपालबाट भारत लगायतका मुलुक भ्रमण गर्दा बढी हल्लिखल्ली हुने भएपछि थाइल्यान्ड हुदै विभिन्न मुलुकको भ्रमण गर्न थाल्नुभएको हो ।

भ्रमणको बस्दोबस्ती मिलाउन बुहारी हिमानी शाह बिहीबार नै त्यहाँ बैकक पुगेकि छिन । हिमानीका निजी सचिव स्मिता सिह, पुर्वराजका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी बैकक पुगेकि हुन ।
पुर्व राजा ज्ञानेन्द्रसंग निजी सचिव सागर तिमल्सिना, वालसखा प्रभु शम्सेर राणा, साला उदय शम्सेर राणा र उहाकी पत्नी रोशनी राणा पनि जानु हुने भएको छ ।

ज्ञानेन्द्र परिवार दशैको फुलपातिको दिन मुम्बइ हुदै नेपाल फर्कने कार्यक्रम छ ।

  • 16
    Shares