You are here
Home > समाचार > इन्टरपोलको माध्याम मार्फत प्रहरीको सक्रियता बढ्यो, नोटिसको आधारमा ३२ अपराधी पक्राउ

इन्टरपोलको माध्याम मार्फत प्रहरीको सक्रियता बढ्यो, नोटिसको आधारमा ३२ अपराधी पक्राउ

२९ भाद्र २०७५, शुक्रबार ०८:५१

काठमाडौं –जघन्य र ठूला अपराध गरी देश बाहिर फरार भएकाहरूलाई नेपाल प्रहरीले इन्टरपोल मार्फत नोटिस जारी गर्ने सक्रियता बढाएसँगै अभियुक्तहरू धमाधम पक्राउ हुन थालेका छन्।

हालसम्म प्रहरीले जारी गरेका मध्ये २९ वटा ‘रेड’ नोटिस र २४ वटा ‘डिफ्युजन’ गरी जम्मा ५३ वटा नोटिसहरू कार्यान्वयनको क्रममा रहेका छन्। अपराधी पक्राउसँगै पूर्व जारी नोटिस र डिफ्युजन स्वत निष्क्रिय हुन्छन्।

इन्टरपोलमार्फत नेपाल प्रहरीले पछिल्लो चार महिनाको अवधिमा १४ जनाको नाममा ‘रेड’ नोटिस र ११ जनाको नाममा ‘डिफ्युजन’ जारी गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्री बताउँछन्।

इन्टरपोल नोटिसको आधारमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । देश बाहिर फरार अभियुक्त पक्राउ गर्न इन्टरपोल एनसिबी काठमाडौं मार्फत नेपाल प्रहरीको सक्रियता, चुनौती र उपलब्धीबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता थापा क्षेत्री भन्छन् ‘इन्टरपोलका सदस्य राष्ट्रबीच एकप्रकारको सञ्जाल हुन्छ।

त्यो सञ्जालमा आवद्ध भई जघन्य अपराधका नेपाल भन्दा बाहिर फरार अभियुक्तहरूलाई रेड नोटिस र डिफ्युजन आदेशको आधारमा नेपाल प्रहरीले पक्राउ गरी नेपाल ल्याउने प्रयास विगतमाझैं गरिरहेको छ ।

यस काममा पछिल्लो ४ महिनामा हामीले धेरै प्रगति गरेका छौं, जुन तथ्याङ्कले पनि देखाएको छ ।’ सन् २००३ देखि हालसम्म इन्टरपोलको समन्वयमा पक्राउ परेका ३२ जनामध्ये अष्ट्रेलियन, १ भारतीय, २ अमेरिकी, ३ चाइनिज र १ कोरियन गरी ८ जना विदेशी नागरिक छन् भने अन्य २४ जना नेपाली छन् । पक्राउ परेकामध्ये ३ जना महिला छन् ।

पक्राउ परेका २४ नेपालीमध्ये १६ जनालाई इन्टरपोलसँगको समन्वयमा विभिन्न देशबाट र ८ जनालाई नेपालमै पक्राउ गरिएको हो । इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘ओरेन्ज’, ‘पर्पल’ र ‘इन्टरपोल–युनाइटेड नेशन स्पेसल नोटिस’ गरी ८ क्रिमीनल नोटिस तथा डिफ्युजन जारी गर्दछ ।

एसएसपी शैलेश थापा क्षेत्री भन्नछन् ‘ग्बोवल भिलेजको कारणले संसार नै साघुँरो भएको र कुनै एक अपराधीले एउटा क्षेत्रमा अपराध गरेर अन्यत्र भाग्ने कारण थपिएको समस्याको समाधानको लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता परेको हो ।’

हाल डिफ्युजन कार्यान्वयनको क्रममा रहेका २४ जनामध्ये १ पाकिस्तानी, १ भारतीय समेत २२ जना पुरुष र २ महिला छन् । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरुको खोजीका लागि डिफ्युजन जारी गरिन्छ ।

ठगी, हत्या, बलात्कार, अपहरण, बैंकिङ कसुर, तस्करीमा संलग्न एक भारतीय र २८ नेपाली गरी २९ जना अभियुक्तको नाममा रेड नोटिस कार्यान्वयनको क्रममा छ । अदालतमा मुद्दा दायर भई वारेन्ट जारी भएका फरार अभियुक्तहरुको खोजी कार्यका लागि रेड नोटिस जारी गरिन्छ।

इन्टरपोल मार्फत नोटिस जारी हुनासाथ जुनसुकै देशमा लुकेर बसेका अपराधीको गतिविधिमा कमी आउँछ र अपराधी पक्राउ पर्ने सम्भावना बढी हुन्छ । प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक  उमेशराज जोशी भन्छन् “इन्टरपोलबाट जारी नोटिस र डिफ्युजनको आधारमा अपराधीको खोजी हुन्छ ।

विभिन्न देशमा गएर सम्पर्कमा नरहेका मानिसको अन्तर्राष्ट्रियस्तरमा खोजी गरी फेला परेको जानकारी दिने गरिन्छ । पछिल्लो समय धेरै नोटिस जारी हुनु र अपराधी पक्राउ पर्नु संयोग मात्रै होइन, प्रहरी सक्रियता पनि हो ।”

  • 26
    Shares