You are here
Home > समाचार > अब सातै प्रदेशमा प्रहरी विद्यालय, कुन प्रदेशको कहाँ ? (नामसहित)

अब सातै प्रदेशमा प्रहरी विद्यालय, कुन प्रदेशको कहाँ ? (नामसहित)

२९ भाद्र २०७५, शुक्रबार १२:२३

काठमाडौं-प्रहरी अधिकृत तथा जवानका छोराछोरीहरुलाई गुणस्तरी शिक्षा दिने उदेश्यले सातै प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना हुने भएको छन्।

गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो। पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश संघीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।

‘जेठ २७ को मन्त्रिपरिषद्को बैठकअनुसार सबै प्रदेशमा प्रहरी विद्यालय पुर्याउने लक्ष्यअनुसार प्रदेश ३ को (भरतपुर) चितवन र प्रदेश ६ को (छिन्चु) सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेका हौं’ उनले भने।

प्रदेश १ को धरान (सुनसरी), प्रदेश २ गरुढा (रौतहट), प्रदेश ४ बेलचौतारा (तनहुँ), प्रदेश ५ घोराही (दाङ) र प्रदेश ७ को धनगढी (कैलाली) मा प्रहरी विद्यालय छन्।

सबै प्रदेशमा माध्यामिक तहसम्म पढाइ हुनेछ। प्रहरी विद्यालय साँगामा उच्च माध्यामिक तहसम्म पढाइ हुँदै आएको छ। दुई प्रदेशमा विद्यालय थप गरेपछि प्रहरीबाट सञ्चालित नौ विद्यालय हुने छन्।

प्रहरी प्रधान कार्यालयले नयाँ बन्ने प्रहरी विद्यालयका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २५ दरबन्दीसमेत निकासा गरिसकेको छ।

हाल देशभर ७ प्रहरी विद्यालयमा झन्डै छ हजार विद्यार्थी अध्ययन गरिरहेका छन्।

  • 48
    Shares