You are here
Home > समाचार > गृहमन्त्रीद्धारा मदिरा र ड्रग्स नियन्त्रणका लागि विशेष अभियानको घोषणा

गृहमन्त्रीद्धारा मदिरा र ड्रग्स नियन्त्रणका लागि विशेष अभियानको घोषणा

२९ भाद्र २०७५, शुक्रबार १३:३०

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधि सभाको बैठकमा हत्याहिंसाका घटना नियन्त्रणका लागि सरकारले आजैदेखि मदिरा नियन्त्रणका लागि विशेष अभियानको घोषणा गरेका छन् । देशमा विभिन्न हत्या हिंसाको घटना बढेकोमा त्यसमा मदिरा र ड्रग्सको भूमिका देखिएको गृहमन्त्री थापाले बताए ।

‘मदिरा नियन्त्रणका निम्ति विशेष अभियान चलाउने आजदेखि शुरु भएको छ। यो योजनाहरुले यो घटनाहरुको नियन्त्रणले भूमिका निर्वाह गर्नेछ,’ थापाले भने ।

प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्या प्रकरण, राममनोहर यादवलगायतका घटनाको विषयमा जानकारी दिएका थिए।

  • 235
    Shares