You are here
Home > समाचार > उपत्यकामा दुई महिनाको अवधीमा २५६ वटा सवारी साधान हराए, १४ वटा मोटरसाइकल भेटियो

उपत्यकामा दुई महिनाको अवधीमा २५६ वटा सवारी साधान हराए, १४ वटा मोटरसाइकल भेटियो

२९ भाद्र २०७५, शुक्रबार १५:०८

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार १४ वटा चोरीका मोटरसाइकल खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार बिहान चोरीका १४ वटा मोटरसाइकल खोजी गरी रामशाहपथस्थित कार्यालयबाट सम्बन्धित सवारीव्यक्तिलाई बुझाएको हो ।

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट हराएका १४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बोलाएर बुझाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए। उनले मोटरसाइकल हराउन नदिन सचेत रहन पनि पनि सम्बन्धित सवारी धनीहरुलाई अपील गरेका छन्।

कीर्तिपुरबाट ३ महिना अघि मोटरसाइकल हराएका जुम्लाका अनिल उपाध्यायले आफ्नो मोटरसाइकल भेट्टाइदिएकोमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै साउन र भदौं महिनामा २ सय ५६ वटा सवारी साधान हराएको पाइएको छ। त्यसमध्ये ६० वटा सवारी साधन भेटिएकोमा ३६ वटा सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख पन्तले जानकारी दिए।

यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारी साधन चोरीको घटना बढ्दै गएको उल्लेख गर्दै सचेत रहन सबै सवारी व्यक्तिलाई आग्रह गरेको छ ।

सवारी साधनको चोरीको घटना हुन नदिन सवारी धनीहरुलाई महाशाखाका प्रमुख पन्तले आग्रह गरेका छन्। उनले चोरसँग ट्राफिक प्रहरीले मिलेमतो गरेको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिए।

  • 9
    Shares