You are here
Home > राजनीति > प्रकाण्डलाई चौथो र भुजेललाई दोस्रो पटक रिहा गर्न सर्वोच्चको आदेश

प्रकाण्डलाई चौथो र भुजेललाई दोस्रो पटक रिहा गर्न सर्वोच्चको आदेश

२९ भाद्र २०७५, शुक्रबार १९:२४

काठमाडौं-सर्वोच्च अदालतले नेत्रबिक्रम चन्द्र (बिप्लब) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न फेरि आदेश जारी रेको छ।

बन्दी प्रत्यक्षीकरणको निवेदन उपर भएको शुक्रबार सुनवाईमा न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो।

दाङ प्रहरीको नियन्त्रणमा रहेका प्रबक्ता प्रकाण्डलाई बिहीबार मात्रै काठमाडौं ल्याईएको थियो। उनको गिरफ्तारीविरुद्ध उनका भाई बिरेन्द्र विश्वकर्माले रिट निवेदन दर्ता गराएका थिए।

यस्तै नुवाकोट प्रहरीको हिरासतमा रहेकी पोलिटब्युरो सदस्य उमा भुजेल (शिल) लाई रिहा गर्न सर्वोच्चकै अर्को इजलासले आदेश गरेको छ।न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र बमकुमार श्रेष्ठको भुजेललाई इजलासले रिहा गर्न आदेश गरेको हो।

२५ भदौमा पदमबहादुर भुजेलले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। भुजेल नुवाकोट प्रहरीको नियन्त्रणमा छिन्।

  • 17
    Shares