You are here
Home > समाचार > सुन प्रकरणमा मुछिएका एसएसपी लोहनीलाई रिहा गर्न उच्च अदालतको आदेश

सुन प्रकरणमा मुछिएका एसएसपी लोहनीलाई रिहा गर्न उच्च अदालतको आदेश

२९ भाद्र २०७५, शुक्रबार १९:३९

बिराटनगर-सुन काण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलार्इ थुनामुक्त गर्ने आदेश दिएको हो।

असार ७ गते लोहनीले थुनामुक्त हुन पाउँ भनि निवेदन दिएका थिए।एसएसपी लोहनीलाई सुनकाण्डको अनुसन्धान गर्न गठित समितिले बयानका लागि बोलाएको थियो। उक्त बयानपछि उनीमाथि पक्राउ पूर्जी थमाइएको थियो।

  • 18
    Shares