You are here
Home > खेलकुद > नेपाल भारतको ‘ए’ टोलीसंग ८ विकेटले पराजित

नेपाल भारतको ‘ए’ टोलीसंग ८ विकेटले पराजित

३० भाद्र २०७५, शनिबार ०७:३७

काठमाडौं-भारतमा जारी चौकोणीय यू-१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। लखनउमा शुक्रबार भएको दोस्रो खेलमा नेपाल भारतको ‘ए’ टोलीसंग ८ विकेटले पराजित भयो ।

नेपालले दिएको १५७ रनको लक्ष्य भारतले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङस खेले।

यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे । भारतका अजय देव गड र याई डी माङवानीले ४\४ विकेट लिए । अब नेपालले अफगानिस्तानको यू-१९ टोलीसंग खेल्नेछ।

यस अघि पहिलो खेलमा नेपाल भारतको यू-१९ को ‘बि’ टिमसंग ४० रनले पराजित भएको थियो। भारतको ‘ए’ टिमको भने यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा अफगानिस्तानको यू-१९ टोलीलाई १४० रनले हराएको थियो ।

भारतीय क्रिकेट बोर्डको योजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू-१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

  • 8
    Shares