You are here
Home > समाचार > बलात्कारीको आँखा फुटाउने तरिका सिकाउँदै नेपाल प्रहरी, होला त प्रभावकारी ?

बलात्कारीको आँखा फुटाउने तरिका सिकाउँदै नेपाल प्रहरी, होला त प्रभावकारी ?

३० भाद्र २०७५, शनिबार १०:०१

काठमाडौं- बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ।

प्रहरीले बलात्कारीको आँखा फुटाउने तालिम देशभर दिने तयारी थालेको हो। बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपाल प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रुपमा तालिम दिन तयारी थालेको हो। तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको कोर्स समावेश गरिएको छ।

हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ ।

यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार गर्ने भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ ।

  • 12
    Shares