You are here
Home > प्रशासन > निर्मला हत्या प्रकरणः दुई डिएसपीसहित ५ प्रहरी निलम्बित

निर्मला हत्या प्रकरणः दुई डिएसपीसहित ५ प्रहरी निलम्बित

३० भाद्र २०७५, शनिबार २०:४०

काठमाडौं-कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा अनुसन्धानमा लापरबाही गरेको भन्दै ५ प्रहरी निलम्बनमा परेका छन् । सिआइबीका डिएसपी अंगुर जिसीसहितका प्रहरीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो।

सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा जिसीसहित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का र जगदिश भट्ट तथा असई रामसिंह धामीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।एसपी डिल्लीराज बिष्ट तीन साताअघि नै निलम्बनमा परिसकेका छन् ।

विज्ञप्तिमा भनिएको छ, पन्तको हत्यामा नक्कली अभियुक्त खडा गरेको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै संदिग्ध व्यक्तिलाई छानविनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडी बढाउन समेत निर्देशन दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो घटनालाई सरकारले गम्भिरता पूर्वक रुपमा अगाडी बढाएकाले जो कोहीको संलग्नता भएपनि कानूनी दायरामा ल्याई कारवाही प्रक्रिया अगाडी बढाउन समेत प्रतिवद्ध रहेको उल्लेख छ।

  • 116
    Shares