You are here
Home > प्रशासन > कोटेश्वरमा इन्स्पेक्टर एलिजा र काँडाघारीमा सुधिर राईको इन्ट्रि

कोटेश्वरमा इन्स्पेक्टर एलिजा र काँडाघारीमा सुधिर राईको इन्ट्रि

३१ भाद्र २०७५, आईतवार १३:१४

काठमाडौं-काठमाडौंको कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ जना प्रहरी अधिकारी घुससहित समातिएपछि दुवै प्रभागका सम्पूर्ण प्रहरी टोली फेरिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अपरेशनमा प्रहरी समातिएपछि प्रहरी प्रधान कार्यालयले काटेश्वर र काँडाघारी प्रभागको नेतृत्व फेरिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीका अनुसार कोटेश्वर प्रहरी प्रभागको नेतृत्व प्रहरी निरीक्षक एलिजा गिरीलाई दिइएको छ भने काँडाघारी प्रभागको नेतृत्व इन्स्पेक्टर सुधिर राईलाई प्रदान गरिएको छ।यसअघि गिरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिइन् ।

काँडाघारी, कोटेश्वर र ठिमी क्षेत्रका केही प्रहरी अधिकारीहरुले मनोहरा खोलाबाट ढुंगा, गिटी र बालुवा निकाल्ने ठेकेदारबाट घुस लिने गरेको अख्तियारमा उजुरी परेको थियो ।

पक्राउ पर्नेमा असर्इ सुवास ढुंगाना, हवल्दार दीपक भारती, असर्इ गोपाल श्रेष्ठ, हवल्दार उमेश यादव, अमन चौधरी, जवान दीपेन्द्र कुँवर, मुकेश पटेल, रत्न रिजाल र जवान मानसिंह रोका छन् ।

  • 6
    Shares