You are here
Home > राजनीति > सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्छः प्रधानमन्त्री ओली

सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्छः प्रधानमन्त्री ओली

३१ भाद्र २०७५, आईतवार १६:३४

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनु पर्ने बताएका छन् ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आइतबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुदुरपश्चिम विकासमा पछि प¥यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले भने, “प्राकृतिक स्रोतले भरिपूर्ण सुदुरपश्चिमका सम्भावना धेरै छन् ।यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले शिक्षामा एक बर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताए । ओलीले भने, “म कसैको मुख हैन कामको परिणाम हेर्छु।” विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानविन गर्नका लागि दुईवटा समिति गठन गरेका छन् ।

विश्व विद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक बिषयमा उठेका गुनासाहरुका बिषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिबको नेतृत्वमा एक समिति गठन गरिएको हो ।

दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ ।

  • 1
    Share