You are here
Home > प्रशासन > सुन काण्डमा मुछिएका निलम्बित डिएसपी केसी थुना मुक्त

सुन काण्डमा मुछिएका निलम्बित डिएसपी केसी थुना मुक्त

३१ भाद्र २०७५, आईतवार १९:२८

काठमाडौं –३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसीलाई थुना मुक्त गर्न उच्च अदालतले आदेश गरेको छ।

आइतबार उच्च अदालत, विराटनगरले डिएसपी केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो। आदेश उल्टाउन माग गर्दै निवेदन दिएका मध्ये उनी थुना मुक्त हुन लागेको हुन्। डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए।

उच्च अदालत बिराटनगरका न्यायाधीश उमेशराज पौड्याल र उमेशकुमार सिंहको संयुक्त इजलासले जिल्ला अदातल मोरङ्गको आदेशलाई बदर गर्दै डिएसपी केसीलाई आइतबार साधारण तारेखमा थुना मुक्त्त गर्न आदेश गरेको हो ।

गत भदौ २९ मा उच्च अदालत बिराटनगरका नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त्त इजलासले जिल्ला अदालत मोरङ्गको आदेश उल्टाउँदै अभियुक्त एसएसपी दिवेश लोहनीलाई थुना मुक्त गर्न आदेश दिएको थियो ।

  • 9
    Shares