You are here
Home > प्रशासन > अपराध संहिताको अनुसूचीमा हेरफेर, प्रहरीलाई थप अधिकार

अपराध संहिताको अनुसूचीमा हेरफेर, प्रहरीलाई थप अधिकार

१ आश्विन २०७५, सोमबार ०८:३७

काठमाडौं-मुलुकी अपराध संहिताको अनुसूचीहरु हेरफेर भएको छ। आइतवार बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार सबै किसिमका ठगी मुद्दामा सरकार वादी हुने भएको छ। जसअनुसार अब सबै किमिसका ठगी मुद्दा प्रहरीले हेर्न पाउने भएको छ। प्रहरीलाई ठगी मुद्दा हेर्ने अधिकार थप भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षम मदन खरेल नियुक्त भएका छन् ।

बैठकले विभूषण प्राप्त गर्ने व्यक्तिहरुको नाम पास गरी राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । संविधान दिवसमा विभूषण पाउनेहरुको नाम सार्वजनिक हुँदैछ ।

त्यस्तै चिनी आयातमा कोटा निर्धारण गरिएको छ। २०७५ सालका लागि बढीमा एक लाख टनसम्म मात्र चिनी आयात गर्न अनुमती दिने सरकारले निर्णय गरेको छ ।

नेपालगञ्जस्थित कपाल विकास समितिलाई राष्ट्रिय कपास विकास समिति नामाकरण गर्ने निर्णय भएको छ ।
उखु किसानहरुलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय भएको छ ।

  • 33
    Shares