You are here
Home > प्रशासन > ‘घुस–काण्ड’का कारण प्रहरीको इमेज बिग्रीयोः आईजीपी खनाल

‘घुस–काण्ड’का कारण प्रहरीको इमेज बिग्रीयोः आईजीपी खनाल

१ आश्विन २०७५, सोमबार ११:५१

काठमाडौं –प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुलिसको व्यवहार देखेर आफुलाई असह्य भएको बताएका छन्। अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएसँगै प्रहरी महानिरीक्षक खनालले पुलिसको ब्यवहार आफुलाई असह्य भएको बताएका हुन्।

आईतबार भृकुटीमण्डप स्थित पुलिस क्लवमा आयोजित ब्रिफिङमा कोटेश्वर–काँडाघारी प्रकरणले इमेज बिग्रीएको उल्लेख गर्दै उनले भने, ‘बेला–बेला संझाउँदा पनि परिवर्तन हुन नचाहने कमाण्डर र मातहतका प्रहरी सवै अब तयार भए हुन्छ।’

दुई जना जुनियर अफिसर सहित ९ कर्मचारी १ लाख घुस रकम सहित पक्राउ परेपछी उपत्यकामा कार्यरत परिसर देखि बिट इन्चार्ज सम्मका प्रहरी कर्मचारीलाई आईतबार ब्रिफिङ गर्दै प्रहरी महानिरीक्षक खनालले ‘घुस–काण्ड’का कारण प्रहरीको इमेज बिग्रीएको बताए।

करिब १ घण्टा लामो ब्रिफिङ गरेका आईजिपी खनालले संझाउँदा नमान्ने प्रहरी कर्मचारीलाई बर्दिको दैनिकीबाट बिदा हुनका लागि तयार रहन चेतावनी दिए।

‘पुलिसको क्रियाकलाप असह्य भएको छ, सुधार्नुस्’ खनालले भने, , ‘संझाउँदा नमान्ने हो भने जागिर छाड्न तयार हुनुस्, अर्को आउँछ।’ ‘बोली, बचन र आचरण सुधार्नुस’ विशेषगरी उपत्यकाका कमाण्डरहरुलाई निर्देशन दिँदै उनले भने, ‘मातहतलाई ग्रिपमा राखेर सेल्फ–करेक्सन हुनुस्, अर्को विकल्प छैन् ।’

  • 20
    Shares