You are here
Home > समाचार > नेपाल र भुटानले नझुकी सुखै छैनः भारतीय सेनाध्यक्ष विपिन रावल

नेपाल र भुटानले नझुकी सुखै छैनः भारतीय सेनाध्यक्ष विपिन रावल

१ आश्विन २०७५, सोमबार १२:२९

काठमाडौं-भारतीय सेनाध्यक्ष विपिन रावतले नेपाल र भुटानको सार्वभामिकतामा आँच आउनेगरि आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)मुलुकबीच भएको शैन्य अभ्यासलार्इ समापन गर्ने क्रममा रावतले नेपाल र भारतलार्इ भुटानसँग नझुकि सुखै नभएको अभिव्यक्ति दिएका हुन् ।

काठमाडौंमा भएको बिमस्टेको चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्सटेक शैन्य अभ्यासको प्रस्ताव राखेका थिए।

प्रधानमन्त्री ओली र रक्षामन्त्री र्इश्वर पोखरेलले सम्मेलनमै सो अभ्यासमा सहभागी हुने निर्णय गरेपनि चौतर्फी दबाब भएपछि सरकारले सेनालार्इ शैन्य अभ्यासमा जान रोकेको थियो । नेपालको निर्णयसँगै थार्इल्याण्ड पनि सो शैन्य अभ्यासमा सहभागी नभएपछि भारत नेपालसँग चिढिएको छ ।

भारतीय सेनापति रावतले सोही बिमस्टेक शैन्य अभ्यासपछि भएको पत्रकार सम्मेलनमा नेपालले आफुलार्इ भारतबाट अलग गर्न नसक्ने बताएका हुन्। बिमस्टेक शैन्य अभ्यासमा नेपालको अनुपस्थिति र चीनसँग नजिकिँदो सम्बन्धबारे सोधिएको प्रश्नमा रावतले भौगोलिक बनावटका कारण पनि नेपाल र भुटानले स्वाभाविक रूपमा भारतप्रति झुकाव राख्नुपर्ने जिकिर गरेका छन् ।

ठूलो देश भएका नाताले बिमस्टेक शैन्य अभ्यासको पहल भारतले लिएको बताउँदै रावतले यसलार्इ अन्य देशले अनुशरण गर्ने बताएका हुन्। बिमस्टेक शैन्य अभ्यासमा भुटान, म्यानमार, श्रीलंका, बंगलादेश र भारतका सेना सहभागी थिए।

  • 7
    Shares