You are here
Home > तस्विर > नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सैन्य अभ्यास सुरु (९ तस्विर )

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सैन्य अभ्यास सुरु (९ तस्विर )

१ आश्विन २०७५, सोमबार १५:५१

काठमाडौं- नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्त छेन्दूमा सुरु भएको छ । सैन्य अभ्यासमा सहभागी हुन महासेनानीको नेतृत्वमा १६ सदस्यीय विशेष फौजको नेपाली टोली छेन्दू पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले केही समय पछि धकेलिएको यो सैन्य अध्यास यसअघि नै तय भएको थियो । यद्यपी यो सैन्य अध्यासलाई लिएर भारतले नेपालप्रति असन्तुष्टि जनाएको छ ।भारतसहित बिम्स्टेकमा सम्मिलित देशहरुबीचको सैन्य अभ्यासलाई अस्वीकार गरेर नेपाल चीन गएको प्रति उसले असन्तोष व्यक्त गरेको हो ।

भारतमा आजै मात्र उक्त सैन्य अभ्यास समापन भएको छ । नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ । सैन्या अभ्यास १२ गतेसम्म चल्नेछ । अघिल्लो वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण छेन्दूमा हुन लागेको हो ।

  • 16
    Shares