You are here
Home > समाचार > हतकडीसहित फरार रहेका अभियुक्त पक्राउ

हतकडीसहित फरार रहेका अभियुक्त पक्राउ

१ आश्विन २०७५, सोमबार १६:३४

काठमाडौं –हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ। सुनकोशी गाउँपालिका-३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले आइतबार राति बसपार्कबाट पक्राउ गरेको हो।

सर्लाही ईश्वरपुरा नगरपालिका-५ का १७ वर्षीय परियार जबरर्जस्ती करणीको अभियोगमा काठमाडौंबाट पक्राउ गरी सर्लाही लैजाने क्रममा गत भदौ २१ गते हतकडीसहित बाटोबाटै भागेका थिए।

परियारलाई बसपार्कमा काम गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए।

  • 2
    Shares