You are here
Home > प्रशासन > डीआईजी बढुवाको तयारीः ११ डिआईजीका लागि २९ एसएसपीबीच धम्साधम्सी

डीआईजी बढुवाको तयारीः ११ डिआईजीका लागि २९ एसएसपीबीच धम्साधम्सी

२ आश्विन २०७५, मंगलवार ११:३९

काठमाडौं-सरकारले नेपाल प्रहरीमा रिक्त ११ डीआईजी पदमा बढुवाको तयारी थालिएको छ। गत हप्ता रिक्त ३ एआईजीको पदपूर्ति गरेको सरकारले डीआईजी बढुवा गर्ने तयारी अगाडी बढाएको हो।

११ डिआइजीका लागि यसपटक २९ एसएसपीबीच प्रतिस्पर्धा हुने भएको छ।डीआईजीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यात गत साता एआईजीमा बढुवाका लागि सिफारिश भएका थिए ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले यसै साता रिक्त डीआईजीमा पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

वरीयताअनुसार एसएसपीहरु पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय डीआईजी बढुवाको अघिल्लो पंक्तिमा देखिएका छन्।

जोशी, श्रेष्ठ, घिमिरे र प्रजापति आईजीपी सर्वेन्द्र खनालका दाइने हात हुन्। उनीहरु खनालसँगै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । त्यस्तै ज्ञवाली, लम्साल र उपाध्याय सोही ब्याचका वैकल्पिक समूहका अधिकृत हुन् । उनीहरुले २०४७ असार २५ गते नेपाल प्रहरीमा नियुक्ति पाएका थिए ।

एसएसपीहरु शैलेश थापा क्षेत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण डीआईजीका दाबेदार हुन् ।

श्रेष्ठबाहेक अन्य सबै जना २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए भने श्रेष्ठ २०४७ असार २५ मा सेवा प्रवेश गरेका थिए। उनीहरु सबै जना २०७४ साउन ३२ मा एसएसपीमा बढुवा भएका थिए।

यद्यपि उक्त ब्याचबाट शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल र ईश्वरबाबु कार्कीबीच प्रतिस्पर्धा देखिन्छ ।

त्यस्तै, एसएसपीहरु धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, विश्वराज पोखरेल, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

उक्त ब्याचका एसएसपी दिवेश लोहनी ३३ किलो सुनकाण्डमा निलम्बनमा परेकोले उनी डीआईजी बढुवाको उम्मेदवारको सूचीमा छैनन् ।
एसएसपीहरु पूर्णचन्द्र जोशी, ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, हरिबहादुर पाल, गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा र रवीन्द्रबहादुर धानुकलाई डीआईजीमा बढुवा गर्ने तयारी गरिएको उच्च स्रोतबाट बुझिएको छ।

यस्तो छ बढुका लागि कानुनी व्यवस्था
प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तिमा ४ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान छ।

प्रहरी नियमवालीको नियम ४ मा प्रहरीको श्रेणी र पद छुट्याइएको छ। जसमा राजपत्राङ्कित र राजपत्र अनङ्कित श्रेणी छन्। राजपत्राङ्कित भित्र विशिष्ट श्रेणीमा प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रथम श्रेणीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक, द्वितीय श्रेणीमा प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक र तृतीय श्रेणीमा प्रहरी निरीक्षक पद पर्दछन्।

प्रहरी नियमवालीको नियम २८ अनुसार बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधिका बारेमा उल्लेख गरिएको छ। नियम २८ (१) का अनुसार प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा तल उल्लेखित सेवा अवधि पूरा गरेको हुनुपर्ने उल्लेख छ।

(क) प्रहरी सेवाको राजपत्राङ्कित अधिकृत पदका लागि ४ वर्ष।

(ख)  प्रहरी सेवाको राजपत्र अनंङ्कित पदबाट राजपत्राङ्कित अधिकृत पदमा बढुवा हुनका लागि ८ वर्ष।

(ग) राजपत्रअनंङ्कित पदका लागि ४ वर्ष।

एसपी पद राजपत्राङ्कित पद भएकाले एसएसपीमा बढुवा हुन ४ वर्ष पूरा भएको हुनुपर्ने उल्लेख गरिएको छ। नियमावलीको नियम ४ मा एसएपी र डिएसपी एउटै श्रेणीमा परेकाले दुबै पदको सेवा अवधि जोड्न सकिने छ।

नियमावलीमै प्रष्ट कुरा उल्लेख नगरिएकोले एसएसपी बढुवा भने अन्योलमा परेको छ। यदि, एसपीमा ४ वर्ष नपुगी बढु्वा गर्न नमिल्ने हो भने आगामी फागुन १० गतेसम्म नेपाल प्रहरीको १५ एसएसपी पद खाली हुने देखिन्छ।

बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेका अतिरिक्त प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।

यी हुन् एसएसपीका लागि दौधुप गर्ने  

डीआईजी बढुवापश्चात् रिक्त हुने एसएसपी पदमा ३० भन्दा बढी एसपीहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । एसपीहरु सन्दीप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, मीरा चौधरी थारू, राजेशनाथ बास्तोला, विष्णुकुमार केसी, दीपक थापा, पोषराज पोखरेल, भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, अशोक सिंह, हृदय थापा, नरेन्द्र प्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, लालमणि आचार्य, गोविन्दकुमार शाह, किरण राणा, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्र मैनाली लगायतबीच प्रतिस्पर्धा देखिन्छ ।

  • 27
    Shares