You are here
Home > समाचार > सिके राउतका ५ कार्यकर्ता पक्राउ गरेको प्रहरीको दाबी

सिके राउतका ५ कार्यकर्ता पक्राउ गरेको प्रहरीको दाबी

२ आश्विन २०७५, मंगलवार ११:५३

राजविराज –उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने तयारीमा रहेका सिके राउतका ५ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरु सिके राउतका कार्यकर्ता भएको प्रहरीको दाबी छ ।

राजविराज-७ का सुरेन्द्र शर्मा (मधेसी) लगायत ५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई घरबाटै नियन्त्रणमा लिइएको एसपी राजेन्द्र विष्टले जानकारी दिए।

दिउँसो राजविराजमा संघीय समाजवादी फोरम नेपाल सप्तरीले गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन यादव राजविराज आउँदैछन् ।

  • 2
    Shares