You are here
Home > कला > तारा–किशन फाउन्डेसनको आयोजनामा न्युयोर्कमा ‘फर्मल ड्रेसमा’ कवि सम्मेलन

तारा–किशन फाउन्डेसनको आयोजनामा न्युयोर्कमा ‘फर्मल ड्रेसमा’ कवि सम्मेलन

२ आश्विन २०७५, मंगलवार १४:१५

काठमाडौं-तारा–किशन फाउन्डेसनको आयोजनामा ‘फर्मल ड्रेसमा कविता वाचन २०१८’ सम्मेलन अमेरिकाको न्युयोकमा भव्यताका साथ सम्पन्न भएको छ।

न्युयोर्कमा बस्दै आएका वरिष्ठ कवि किशन सिंह धामीको सक्रियतामा उक्त सम्मेलनको आयोजना गरिएको हो। कविता सम्मेलनमा नेपाली महावाणिज्य दुतावास न्युयोर्कका वाणिज्य दुत कुसु क्षेत्रीले स्ता कवि सम्मेलनले नेपाली साहित्यको इतिहासमा नौलो आयाम थप्ने काम गरेको बताए।

उनले बाचित कविता उच्चस्तरीय भएको मूल्यांकन गर्दै नेपाली कविहरु जुनसुकै देशमा पुगेपनि आफ्नो कला संस्कृति र देशप्रेमीको भावाना कविहरुले छताछुल्ल गरि पोख्ने गरेको धारण व्यक्त गरे।

सम्मेलनको आयोजना गर्ने कवि किशनले साहित्यप्रति आफ्नो प्रगाढ लगावका साथै युयोर्क जस्तो व्यस्त शहरमा रहेर पनि आफुले यस किसिमको साहित्यिक कार्यक्रम गर्न सकेको धारण राखे।

उनले वाचित कवितालाई समेटी निकट भविष्यमै नेपाली र अंग्रेजी भाषामा संग्रह प्रकाशन गरिने समेत जानकारी दिए।
सम्मेलनलाई नेपाली महावाणिज्य दूतावास न्युयोर्क, बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठान, ट्याक्स राजा, टुटुल्को डटकम, नेपालय, कता जाने पब्लिकेसन सेन्टर, ल अफिस अफ विनोद रोका, काठमाडौं फ्युजन किचनले प्रायोजन गरेका थिए।

कार्यक्रममा कवि र कविका जीवनसाथीलाई पनि अनिवार्य रूपमा उपस्थिति गराइएको थियो।सबै कविले आफ्नो टेबलमा मैनबत्ती बालेर सुरु गरिएको कवि सम्मेलनमा तीस जना कविले समसामयिक कविता वाचन गरेका थिए।

सम्मेलनमा मधु माधुर्य, कृसु क्षेत्री, व्याकुल पाठक, आनन्द श्रेष्ठ, विनोद रोका, पद्मा लिंखामगर, सीता खरेल, राजेन्द्र श्रेष्ठ, वन्दना कोइराला, गीता पन्थ, गोविन्द कोइराला, मणि वाङ्देल राई, पुष्पा अधिकारी गौतम, कमला प्रसाईं, नवराज खड्का तथा लक्ष्मी श्रेष्ठले कविता वाचन गरेका थिए ।

यस्तै गरी रश्मि भट्ट, राजन महर्जन, विजया सिंखडा, ज्योतिकुमार श्रेष्ठ, नदिया लिवाङ, बन्धु पोखरेल, विशाल विक्रम शाह, हंशराज जोशी, विकास विष्ट, विष्णु पौडेल, कुन्ती थापा, जानुका वस्ती ढकाल, पुनम काफ्ले, शकुन ज्ञवाली र किशन सिंह धामीले कविता वाचन गरेका थिए ।

  • 11
    Shares