You are here
Home > अर्थ/बजार > चालु आवको २ महिनामा २ खर्ब २० अर्ब राजस्व संकलन

चालु आवको २ महिनामा २ खर्ब २० अर्ब राजस्व संकलन

२ आश्विन २०७५, मंगलवार १५:२०

काठमाडौं-चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ। अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको २ महिना अर्थात साउन १ देखि भदौ मसान्तसम्मको अवधिमा १ सय २० अर्ब राजश्व संकलन भएको जानकारी गराएका हुन् ।

दुई महिनामा सरकारले एक खर्ब तीन अर्ब रुपैयाँको खर्च गरेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष ३७ प्रतिशतले बढी राजश्व संकलन भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

गत वर्षको सोही अवधिको तुलनामा खर्च बढी भएपनि सरकारले लक्ष्यअनुसार भने वृद्धि भने गर्न सकेको छैन। अघिल्लो महिनाको तुलनामा भने खर्च बढेको छ। साउन महिनामा २५ अर्ब २५ करोड रुपैयाँ खर्च गरेकोमा भदौमा वृद्धि गरि एक खर्ब तीन अर्ब पुगेको हो।

एक खर्ब तीन अर्ब मध्ये ९६ अर्ब चालु खर्च र ६ अर्ब पुँजीगत खर्च गरेको छ। यो रकम सरकारले चालु वर्षको लागि विनीयोजन गरेको रकमको सात प्रतिशत मात्रै हो। गत वर्ष यो समयमा ५६ अर्ब १३ करोड रुपैयाँ बराबरको खर्च गरेको थियो । चालू आर्थिक वर्षको दुई महिनामा एक खर्ब २० अर्ब राजश्व उठेको छ।

संघीय सरकारले ८३१ अर्बको राजश्‍व संकलन लक्ष्य राखेकोमा दुई महिनामा १४ प्रतिशत राजश्‍व उठाउन सफल भएको हो । राजश्व संकलन सन्तोषजनक रहेको अर्थमन्त्री युवराज खतिवडाले बताए।

  • 4
    Shares