You are here
Home > समाचार > एपीएफको टोलीद्धारा अबैध काठ बरामद

एपीएफको टोलीद्धारा अबैध काठ बरामद

२ आश्विन २०७५, मंगलवार २०:१४

सुनसरी-सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित कोशी बाँधबाट एपीएफको टोली र स्थानीय प्रहरीले १ लाख २० हजार रुपैयाँ बराबरको साल र सिसौको गोलिया काठसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षिय मो जियादिन र ३८ वर्षिय आजाद मनसुरी रहेका छन् । कोशी टप्पु बन्यजन्तु आरक्षणबाट अवैध रुपले ल्याउँदै गरेको ४० क्यूफिट काठसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि कोशी टप्पु वन्यजन्तु आरक्षण सुनसरीमा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका १ बाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोली र ईलाका वन कार्यालय सखुनियाको टोलीले करीव ४३ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।

सोही ठाउँमा रहेको जंगलमा अवैधरुपले कटान गरी झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ फेला पारिएको थियो । बरामद काठ आवश्यक कारवाहीको लागि वन कार्यालय पर्सामा बुझाईएको छ।

  • 11
    Shares