You are here
Home > समाचार > राष्ट्रपति भण्डारीद्धारा मुलधार न्यूजका सम्पादक रवि धामी लगायत ४२१ जना विभूषित (सूचीसहित)

राष्ट्रपति भण्डारीद्धारा मुलधार न्यूजका सम्पादक रवि धामी लगायत ४२१ जना विभूषित (सूचीसहित)

३ आश्विन २०७५, बुधबार १२:३९

काठमाडौं-संविधान दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारीबाट प्रदान गरिने विभुषणबाट ४२१ जना विभूषित भएका छन्।

संविधान दिवसको दिन विभिन्न क्षेत्रबाट योगदान पुर्याउने महानुभावहरुलाई विभुषित गरिएको गृहमन्त्रालयले सूचना जारी गर्दै घोषणा गरेको हो।
नेपाल रत्नबाट पुष्पलाल श्रेष्ठ मरणोपरान्त,महाउज्जवल राष्ट्रदीप (प्रथम श्रेणी)अन्तर्गत राजनीतिज्ञबाट सप्तरीका गजेन्द्रनारायण सिंह(मरणोपरान्त),सत्यमोहन जोशी संस्कृतविद्,माधवप्रसाद घिमिरे राष्टकवि, संगिकारमा अम्बर गुरुड (मरणोपरान्त)बाट विभूषित भएका छन्।

त्यसैगरी मुलधार न्यूज डटकमका सम्पादक रवि धामी राष्ट्रपति विद्या भण्डारीबाट प्रदान गरिने प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट विभुषित भएका छन्।

त्यस्तै विशिष्ट पत्रकारहरु थाहा खवरका प्रधान सम्पादक तिर्थ कोइराला, नेपाल पत्रकार महासंघका पूर्वसभापति शिव गाउँले र गोरखापत्रका निमित्त प्रधानसम्पादक ओमप्रसाद श्रेष्ठलाई सुप्रबल जनसेवा श्री (तृतिय श्रेणी) बाट विभुषित भएका हुन्

त्यस्तै प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) बाट विभुषित हुने अन्य पत्रकारहरुमा शम्भु श्रेष्ठ प्रबल,गोपाल थपलिया, गोपाल बुढाथोकी, गोपाल छाङ्छा राई, गया यादव, देवेन्द्रकुमार चुडाल, रघु मैनाली, गणेश पाण्डे, माधव भण्डारी ‘विद्रोही’, पुण्य पौडेल, प्रताप बिष्ट, निर्मला शर्मा, उजिर मगर रहेका छन्।

त्यस्तै सोही पदकबाट बरिष्ठ फोटो पत्रकार मीनरत्न बज्राचार्य पनि बिभूषित हुने भएका छन् । बज्राचार्य २०४६ सालको जनआन्दोलनमा सक्रीय फोटो पत्रकारका रुपमा परिचित छन।

यस्तै जनसेवाश्री पञ्चमबाट सञ्चारकर्मी सीता मादेम्बा, अमृता अनमोल र फोटो पत्रकार गोरख बिष्ट विभूषित गरिएको छ।

विभूषित भएकाको नामावली यस्तो छ

  • 38
    Shares