You are here
Home > समाचार > संविधान दिवसको दिन माइतीघरमा धर्नामा बसेका युवा पक्राउ

संविधान दिवसको दिन माइतीघरमा धर्नामा बसेका युवा पक्राउ

३ आश्विन २०७५, बुधबार १८:४४

 काठमाडौं- काठमाडौंको माइतीघर मण्डलामा संविधानको विरोध गर्दै धर्ना बसेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

संविधान दिवसलाई कालो दिनका रुपमा मनाउन विरोध प्रदर्शनको तयारी गरेका करिब १५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरु तराई मधेश परिसर नामक संगठनका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

आज असोज ३ गते संविधानसभाबाट नयाँ संविधान बनेको तीन वर्ष पुरा भएर चौथो वर्ष लागेको अवशरमा देशव्यापी संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाइंदै छ ।

  • 2
    Shares