You are here
Home > समाचार > मलेसियन प्रहरीले १४ सय रक्सीका बोत्तल बरामद गर्यो, उच्चस्तरीय अनुसन्धान टोली गठन

मलेसियन प्रहरीले १४ सय रक्सीका बोत्तल बरामद गर्यो, उच्चस्तरीय अनुसन्धान टोली गठन

३ आश्विन २०७५, बुधबार १९:०२

काठमाडौं-मलेसियामा बिषाक्त मदिरा सेवनले ६ जना नेपाली सहित २१ जना आप्रवासीको मृत्यु भएपछि त्यहाँको प्रहरीले धरपकड थालेको छ।

घटनाको अनुसन्धानका लागि सेलांगोर राज्य प्रहरीले उच्चस्तरिय छानवीन समिति गठन गरेको मलेसियाका कार्यबाहक राजदूत कुमारराज खरेल जानकारी दिए।

समितिले शंकास्पद विभिन्न क्षेत्रबाट करिब १४ सय बोतल मदिरा बरामद गरि छानवीन अघि बढाएको हो। उनका अनुसार, शुक्रबारसम्म छानबिन प्रतिवेदन सार्वजनिक हुनेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्टले मलेसिया घटनामा मृत्यु हुनेको शब नेपाल ल्याउन र उपचाररतहरु बिरामीको सम्बन्धमा त्यहाँको सरकारसँग संवाद गरिरहेका छन्।

उनका प्रेस संयोजक मदन खनालका अनुसार मन्त्री बिष्टले नेपाली दुतावासले स्थानीय प्रशासनसँग शव व्यवस्थापन र बिरामीको उपचारका लागि समन्वय गर्न निर्देशन दिएका छन्।

  • 3
    Shares