You are here
Home > समाचार > सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, ८ सय घण्टा उडान

सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, ८ सय घण्टा उडान

४ आश्विन २०७५, बिहीबार ०७:५५

काठमाडौं-सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् ।

यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६र७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक बर्षको भन्दा धेरै हो । नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् ।

कतिसम्म भने काठमाडौंबाट मुस्किलले २० किमि दुरीमा रहेको काभ्रे जाँदा पनि सैनिक केहिकप्टर प्रयोगका लागि सैनिक हेलिकप्टर नै प्रयोग गरिएको छ ।सैनिक हेलिकोप्टर प्रयोगका लागि विशिष्ट व्यक्तिको आग्रह गरेमात्रै हुँदैन।

प्रबन्ध रथी विभागले प्रधानसेनापतिको आदेशमा मात्रै विशिष्ट व्यक्तिका लागि सैनिक हेलिकोप्टर उलपब्ध गराउने प्रचलन रहेको छ। सैनिक हवाई महानिर्देशनालयका अनुसार सेनाको विशिष्ट उडान सेवा अन्तर्गत राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन तथा तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवा तथा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ३ वटा सरकारको पालामा विशिष्ट व्यक्तिले एमआई १७ लगायतका हेलिकोप्टरमा ५ सय २१ घण्टा यात्रा गरेका छन्।

त्यस बाहेक मध्यएयर बेस (गौचर व्यारेक) मार्फत खोज तथा उद्धार, तालिम, विशिष्ट व्यक्तिका उडान, सिभिल चार्टर राष्ट्रिय समारोहका लागि २ हजार ६ सय ९९ घण्टा उडान भरिएको सेनाले जनाएको छ।

तत्कालिन प्रधानमन्त्री देउवा र दाहाल सवैभन्दा बढी सैनिक हेलिकोप्टर रानीनितिक कार्यक्रममा प्रयोग गरेको उल्लेख छ। प्रतिनीधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचन प्रचारप्रसार र भोट माग्न जाँदा पनि सैनिक हेलिकोव्टर पटक पटक प्रयोग गरिएको सेनाको रेकर्डमा उल्लेख छ। विपद् व्यस्थापन तथा खोज उद्धार बाहेक हेलिकोप्टर भीआईपीले फजुल खर्च गर्ने गरेको सैनिक अधिकाारीकै भनाई छ।कारोबार दैनिकबाट

 

  • 14
    Shares