You are here
Home > अर्थ/बजार > सशस्त्र प्रहरीद्धारा ३२ लाख मूल्य भन्दा बढीका लताकपडा बरामद

सशस्त्र प्रहरीद्धारा ३२ लाख मूल्य भन्दा बढीका लताकपडा बरामद

४ आश्विन २०७५, बिहीबार १२:५६

काठमाडौं– भारतीय सीमावर्ती बजारबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको ३२ लाख मूल्य बढीको लुताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।

झापाको विर्तामोड नगरपालिका ५ त्रिवेणी चोकमा लुकाएर राखेको उक्त मूल्य बराबरको कपडा सशस्त्र प्रहरी बल प्रदेश १ बाहिनीको टोलीले बरामद गरेको हो।

डिआइजी मन्दिप श्रेष्ठका अनुसार सशस्त्र प्रहरीको टोलीले उक्त स्थान स्थित राजीव जैनको घरमा लुकाएर राखेको अवस्थामा कपडा बरामद गरेको हो।

जैनको उक्त घर तिन महिनादेखि भद्रपुर बस्ने चन्दन कामतले भाडामा लिएको र उक्त कपडा कामतले आफनो नभएको बताएपछि सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ।

बरामद गरिएको कपडा अनुसन्धानका लागि राजश्व अनुसन्धान इकाई इटहरीलाई बुझाएको छ ।
ऋयmmभलतक

  • 22
    Shares