You are here
Home > अर्थ/बजार > वीरगन्ज महानगरका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा

वीरगन्ज महानगरका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा

४ आश्विन २०७५, बिहीबार १५:३८

काठमाडौं-सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा वीरगन्ज महानगरपालिकाका दुई जना कर्मचारी अख्तियारको फन्दामा परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाको टोलीले बिहीबार महानगरका कर्मचारी घुसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साह रहेका छन् । उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

वीरगन्ज महानगरपालिका–१४ स्थित अर्कोन इन्टरनेसनल एकेडेमी बोर्डिङ स्कुल दर्ता गर्ने क्रममा सो एकेडेमीका एकवाल हैदरसँग कर्मचारीले घुस मागेको बताइएको थियो।

  • 8
    Shares