You are here
Home > समाचार > व्यापारीको हत्यामा संलग्न तीन जना कैलाली प्रहरीद्धारा सार्वजनिक

व्यापारीको हत्यामा संलग्न तीन जना कैलाली प्रहरीद्धारा सार्वजनिक

४ आश्विन २०७५, बिहीबार १९:५७

धनगढी-कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

गत भदौ २८ गते जोशीपुर बजारमा आफ्नै किराना पसलमा जैशीको हत्या गर्ने सोही ठाउँका ४१ वर्षीय गंगाराम चौधरी र ३८ वर्षीय राजकुमार डगौरालाई प्रहरीले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक हरीबहादुर वलीले दुवै जनालाई बुधबार पक्राउ गरेको जानकारी दिए।

प्रहरीलाई खबर नगरी अभियुक्तलाई सहयोग गर्ने टीकापुर नगरपालिका–३ घर भई गोदावरी नगरपालिका–८ मा पसल गरी बस्ने ३५ वर्षीय डम्मर चौधरीलाई पनि सार्वजनिक गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार व्यापारीसँग रुपैयाँ धेरै हुने भएकाले उनीसँग भएको पैँसा लुट्नकै लागि हत्या गरिएको खुलेको छ । छोराछोरीसहित श्रीमती तीज मनाउन माइती घर टीकापुर गएको मौका छोपेर दुवै जनाले जैशीको पसलमै आएर वियर खाएको र त्यही क्रममा मसिनो तारले घाँटी कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

दुवै जना पहिलेदेखि जैशीसँग रकम लेनदेन गर्दै आएको र पछिल्लो समय दुवैजना आर्थिक रुपमा समस्यामा परेकाले हत्या गरेर रकम लुट्ने योजना बुनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक हरीबहादुर वलीले बताए।

हत्यामा संलग्न भनिएका राजकुमार यसअघि दुई बर्ष मलेसिया बसेर फर्किएको र उनले मलेसिया जाँदा पनि जैशीबाट नै रकम मागेर लगेको वलीले जानकारी दिए।

राजकुमारबाट सात हजार एक सय १० भारतीय रुपैँया, जैशीको मोवाईल सेट तथा २२ थान एक सयका रिचार्जकाड बरामद गरिएको प्रहरीले जनाएको छ ।

  • 11
    Shares