You are here
Home > प्रशासन > अख्तियारको प्रमुख आयुक्तमा घिमिरे नियुक्त, प्रधानन्याधीश मिश्रबाट पद तथा गोपनीयताको सपथ ग्रहण

अख्तियारको प्रमुख आयुक्तमा घिमिरे नियुक्त, प्रधानन्याधीश मिश्रबाट पद तथा गोपनीयताको सपथ ग्रहण

४ आश्विन २०७५, बिहीबार २०:०९

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएका छन्। संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएका घिमिरेलाई आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा प्रधानन्याधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बेठकबाट सर्वसम्मत रुपमा घिमिरेको नाम अनुमोदन भएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवौं प्रमुख आयुक्तमा घिमिरेलाई नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

  • 28
    Shares