You are here
Home > समाचार > संविधान दिवसको अवसर सशस्त्र प्रहरीद्धारा वृक्षारोपण

संविधान दिवसको अवसर सशस्त्र प्रहरीद्धारा वृक्षारोपण

४ आश्विन २०७५, बिहीबार २०:२६

काठमाडौं-संविधान दिवस अवसरमा सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा (विशेष कार्यदल) काठमाडौं १९ नम्बर गणमा वृक्षारोपण गरिएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो गणको कार्यलय भवन अगाडी सुन्तलाको विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा विभिन्न जातका बोटविरुवा रोपिएको छन्। गण परिषरमा विहिबार बृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरी अलैचीको विरुवा १ हजार वटा, सुन्तलाको विरुवा ७ वटा र बोधीचित्तको विरुवा ४ वटा रोपिएका छन् ।

वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका साथै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम केसी, नारायणबावु थापा लगायत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुको सहभागीता रहेको थियो।

  • 554
    Shares