You are here
Home > अर्थ/बजार > एयरपोटबाट सुनका बाला र सिक्रीसहित ८ जना प्रहरीको फन्दामा

एयरपोटबाट सुनका बाला र सिक्रीसहित ८ जना प्रहरीको फन्दामा

४ आश्विन २०७५, बिहीबार २२:४०

काठमाडौं –त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आगमनमा खटिएका सुरक्षाकर्मीले विदेशबाट अबैध रुपमा भित्राएको सुनका सामानहरु बरामद गरेको छ।

विशेष सुराकीको आधारमा विदेशबाट नेपाल आएका ८ जना यात्रुहरुलाई सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा सुनका बाला र सिक्री असोज ३ गते बरामद गरेको हो।

प्रहरीले ८ जनाबाट ७९४ ग्रामबाट बनेका सुनका बाला र सिक्री फेला पारेको हो। सुरक्षाकर्मीका अनुसार नेपाल एयर लाइन्सको फ्लाइट नम्बर (आरए) ४०२ बैंककबाट काठमाडौं आएको विमान र हिमालयन एयरको फ्लाइट नम्बर (एच ९) ५५६ को कतारबाट काठमाडौं आएको विमानमा रहेका यात्रुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानको आगमन एरियामा खटिएका सुरक्षाकर्मीले चेकजाँच गर्दा ३९ लाख ८० हजार ६४ रुपैयाँ मूल्य बराबरका सुनका सिक्री र बाला बरामद गरिएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

चेकजाँच गर्ने क्रममा (एच९) विमानमा रहेका आनन्दमोहन सिंह (राहदानी नंं.०५९४३४१४) बाट २ वटा बाला (२९ ग्राम), (आरए ४०२) विमानमा रहेका विनोद बाँनिया (राहदानी नं.१०४१८३६४) बाट बाला र सिक्री १\१ थान, समिर तामाङ (राहदानी नं.११०६८९३७) बाट १थान सिक्री १ सय ग्रामको बरामद गरेको छ।

त्यस्तै (आरए ४०२) विमानमै रहेका राहदानी नं.११०५९६४० का रवी श्रेष्ठबाट १ थान १०१ ग्रामको सिक्री, राजकुमार आचार्य (राहदानी नं.०९९४००१) बाट १ थान सिक्री ९९ ग्राम, दिपबहादुर तामाङ (रा.नं.१०८०६८६९) बाट एक थान सिक्री ९९ ग्राम, मनोज कुमार तामाङ (रां.नं.०८०१५३४९)बाट १ थान सिक्री ९८ ग्राम र दिर्घबाहदुर तामाङ (रां.नं ११०७७२९३) बाट १ थान सिक्री १०१ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद गरिएको सुनका बाला र सिक्री नापतौल र मूल्यांकनका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थल भन्सार कार्यालयमा पठाएको थियो। उक्त बरामद गरिएको सुनलाई भन्सार कार्यालयले ३९ लाख ८० हजार ६४ रुपैयाँ बराबरको मूल्यांकलन गरेको प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

  • 25
    Shares