You are here
Home > समाचार > ट्याकंर चालकले ढुवानी सुचारु नगरे खोसेर प्रहरी र सेनाले चलाउने अन्तिम तयारीः निगम

ट्याकंर चालकले ढुवानी सुचारु नगरे खोसेर प्रहरी र सेनाले चलाउने अन्तिम तयारीः निगम

४ आश्विन २०७५, बिहीबार २३:१७

काठमाडौं-ट्याकंर चालकहरुले ढुवानी सुरु नगरे भोलिबाट सेना, प्रहरी लगाएर गाडी खोस्ने उनले चेतावनी दिए ।नेपाल आयल निगमले जनाएको छ। ट्याकंर चालकहरुले ढुवानी सुचारु नगरे गाडी खोस्ने आयल निगममाको चेतावनी छ।

ट्याकंर चालकहरुले पटक पटक ढुवानीमा अवरोध गर्ने गरेको भन्दै उनले सेना र प्रहरीलाई ट्याकंरको व्यवस्था गर्न आग्रह गरेको नेपाल आयल निगमका प्रमुख सुशील भट्टराई बताए।नेपाल आयल निगमका प्रमुख सुशील भट्टराईले आन्दोलनरत पक्षसँग स्थानीय स्तरमा छलफल भइरहेको बताए ।

निगमले पटक पटक ट्याकंर चालकहरुको माग सम्बोधन गरेको भन्दै उनले अहिलेको परिस्थिति निगमले मात्रै समाधान गर्न सक्ने अवस्था नरहेको बताए । ‘आन्दोलनरत पक्षलाई ढुवानी सुचारु गर्न भनिरहेका छौं’, उनले भने, ‘मान्दै मानेनन् भने भोलिबाट गाडी खोसेर हामी आँफै चलाउँछौ ।’

निगमसँग आफ्नै ट्याकंर नहुँदा समस्या आउने गरेको उनले बताए ।ढुवानी रोकिएसँगै पम्पहरुमा उपभोक्ताको लाइन बढ्न थालेपछि निगमले आन्दोलित चालकहरुलाई गाडी खोस्ने चेतावनी दिएको हो ।

मुलुकी संहिताको कतिपय प्रावधानले अन्याय पर्ने भन्दै ट्याकंर चालकहरुले आन्दोलित भएपछि पछिल्लो दुई दिनदेखि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ ।

ट्याङ्कर चालकहरु आन्दोलित भएपछि काठमाडौंका पेट्रोल पम्पमा लाइन देखिन थालेको छ ।

  • 28
    Shares