You are here
Home > प्रशासन > सिंहदरबारमा सुरक्षाको थ्रेट, सर्वसाधारणका लागि पश्चिमको गेट बन्द

सिंहदरबारमा सुरक्षाको थ्रेट, सर्वसाधारणका लागि पश्चिमको गेट बन्द

५ आश्विन २०७५, शुक्रबार ११:२२

काठमाडौं –सुरक्षा कारण देखाउँदै सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणका लागि बन्द गरिएको छ।

सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना)को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको हो।
सुरक्षाकर्मी र कार्यालय समयमा निजामती कर्मचारीले मात्र प्रयोग गर्ने गरी पश्चिम उत्तरतर्फको गेट बन्द गरिएको गृह मन्त्रालयलेसूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए।

सिंहदरबार सुरक्षा समन्वय समितिले सूचना अधिकारीको संयोजकत्वमा सिंहदरबारस्थित नेपाली सेनाको सेनानी र महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका प्रहरी निरीक्षक रहेको तीन सदस्यीय समिति गठन गरेको छ।

समितिले पेस गर्ने प्रतिवेदनका आधारमा केही समयभित्र नै सिंहदरबारमा सवारी र झोला चेक गर्न दक्षिण गेटमा एक्सरे मेसिन जडान गर्ने तयारी गरेको छ।

सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र सर्वसाधारणका लागि सञ्चालमा रहेको छ। दक्षिण गेटबाट प्रवेश गरेर पश्चिम उत्तर (नेपाली सेना)को गेटबाट सर्वसाधारण बाहिर निस्कने गरेका थिए।

उक्त गेट बन्द भएसँगै दक्षिण गेटमा हाल ट्राफिक जाम अत्यधिक हुने गरेको छ।

  • 1
    Share