You are here
Home > समाचार > प्रहरीमा ७ हजार २५६ जनाको भर्ना खुल्ला, यी हुन् फाराम बुझाउने ठाउँ (सूचीसहित)

प्रहरीमा ७ हजार २५६ जनाको भर्ना खुल्ला, यी हुन् फाराम बुझाउने ठाउँ (सूचीसहित)

१५ आश्विन २०७५, सोमबार ११:३७

काठमाडौं-नेपाल प्रहरीले सात हजार २५६ रिक्त दरबन्दीमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना खुल्ला गरेको हो।
जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५२४ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानको माग गरिएको छ । मानव स्रोत विकास विभागका अनुसार यो पदमा ६ हजार २४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जनाको माग भएको छ । खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कराँते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा दरखास्त दिन पाइने छ ।दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।
जवान पदको दरखास्त काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

  • 18
    Shares