You are here
Home > समाचार > ‘गुन्डा नाइके’ समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेल लगियो

‘गुन्डा नाइके’ समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेल लगियो

१५ आश्विन २०७५, सोमबार ११:५५

काठमाडौं- ‘गुन्डा नाइके’ समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएको छ ।

गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई सोमबार मुस्ताङ लगिएको कारागार स्रोतले जानकारी दिएको छ । बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए ।

गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको आरोपमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो।

  • 11
    Shares